भदौ ४ देखि रिलायन्स लाइफको आइपीओ खुल्ने
रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ५६ हजार ७० कित्ता सेयर बिक्री गर्न लागेको छ । हाल कायम जारी पुँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले निष्कासन गर्न लागेको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ। सर्वसाधारणले प्रतिकित्ता एक सय रुपैयाँमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपिओ बिक्री नभएमा ढिलो अवधिमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने छ ।
आवेदकहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। । कम्पनीले आइपिओ बिक्रीका लागि बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडलाई तोकेको छ। निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर वित्तिय अवस्था रहेको संकेत गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी