शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिरोपीडितलाई गाउँपालिकाले घर बनाइदिने

बुधबार, २८ साउन २०७७, ०६ : २७
बुधबार, २८ साउन २०७७

बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले पहिराले घरबार गुमाएका पानबहादुर रसाइलीको घर बनाइदिने भएको छ । यही साउन १२ गते राति अविरल वर्षाका कारण तमानखोला २ खोलेसबाङमा गएको पहिराले भत्किएको रसाइलीको घर गाउँपालिकाले निर्माण गरिदिने भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।  
   
पहिराका कारण रसाइलीको घर पुरिँदा उनकी श्रीमती हुमकुमारीको घाइते अवस्थामा उद्धार गरिएको थियो भने १३ वर्षीय छोरा खिमबहादुर र ११ वर्षीया छोरी रीताको मृत्यु भएको थियो । “पहिरोका कारण घर पुर्दा दुई सन्तान नै गुमाउनपु¥यो”, अध्यक्ष बुढाले भने, “दुई परिवार गुमाएको पीडा त छँदैछ, घरसमेत नरहेकाले घर बनाइदिने निर्णय गरेका छौंँ ।”

पहिरो पीडित परिवारलाई गाउँपालिकाका तर्फबाट अध्यक्ष बुढा मगरले राहतस्वरुप रु एक लाख ५० हजार मङ्गलबार हस्तान्तरण गरे । उनले तत्काल राहतका लागि उक्त रकम प्रदान गरिएको र घर बनाउनका लागि गाउँपालिकाले थप रु दुई लाख ५० हजार प्रदान गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको उनको भनाइ छ । रसाइली परिवारलाई घरसमेत गुमाएपछि हातमुख जोर्न समस्या भएकाले लत्ताकपडा तथा खाद्य पदार्थ खरीद गर्नका लागि सहयोग गरिएको हो ।
अविरल वर्षासँगै आएको पहिराका कारणले घरमा आंशिक क्षति पु¥याएको फूलकुमारी रसाइलीको परिवारलाई पनि रु १५ हजार सहयोग हस्तान्तरण गरिएको छ । पीडित परिवारको घरबास नै नभएकाले गाउँपालिकाले घर निर्माण गर्न रु दुई लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको र तत्कालै जग्गा व्यवस्थापन गरी घर निर्माण थालिने गाउँपालिका अध्यक्ष बुढाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप