बुधबार पाल्पामा सार्वजनिक विदा
पाल्पा । धार्मिक धरोहर भगवती मन्दिरमा मेला लाग्ने दिन बुधबार प्रदेश नं ५ सरकारले पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ । जिल्लाको ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा विजयोत्सवका रुपमा मनाइँदै आएको रणउजिरेश्वरी भगवती जात्रा राष्ट्रिय स्वाधीनताका लागि लडेको गौरवपूर्ण इतिहासको उत्सव रहेको प्रदेश ननं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले आज शुभकामना सन्देश दिँदै दुई शताब्दीदेखि निरन्तरचलिरहेको जात्राले नयाँ पुस्ताका लागि पुर्खाको वीरता गाथाको स्मरण गराउने बताए । उनले कोभिड –१९ विरुद्धको सङ«घर्षमा रहेका बेला विगतभन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरेर जात्रा मनाउन आग्रह गरे ।
मन्दिरका अध्यक्ष राजेश्वर उदयले पाल्पाको तानसेनमा युद्धमा जानुअघि कर्णेल उजिरसिंह थापाले तानसेनको भगवतीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्ने भाकल गरेको र भाकल पूरा भएपछि गजूरसहितको तीनतले मन्दिर निर्माण गरेको इतिहास उल्लेख भएको बताए । उनका अनुसार जात्रामा तानसेन नगरपालिका परिक्रमा गर्ने चलन भए पनि यस पटक मनाइने २०२ औंँ जात्रा शृङ्खलामा सीमित व्यक्तिको सहभागिता हुने छ ।
आज जाग्राम बसी बुधबार बिहान ११ बजेसम्म सर्वसाधारणका लागि पूजाको व्यवस्थापन मिलाएर पुनः मन्दिरमा स्प्रेले सफा गरेपछि जात्रा निकालिने समितिले जनाएको छ । विसं १८७१–७२ मा नेपाल अङ्ग्रेज युद्धका क्रममा नेपाली सेनाका अमर योद्धा उजिरसिंको नेतृत्वमा जीतगढी विजय हासिल गरेको र सोको खुशीयालीमा विसं १८७६ देखि भाद्रकृष्ण नवमीका दिन भगवती रथयात्रा गर्ने प्रचलन छ ।
मन्दिरमा हरेक वर्ष भाद्र कृष्णपक्षको नवमीको दिन भगवती जात्रा हुँदै आएको छ । मन्दिरमा लाग्ने जात्राका बेला यस वर्षदेखि पाल्पामा सार्वजनिक बिदा दिने प्रदेश नं ५ सरकारले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान