बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाले लियो प्रसिद्ध सायर राहत इन्दौरीको ज्यान

मङ्गलबार, २७ साउन २०७७, १९ : २३
मङ्गलबार, २७ साउन २०७७

एजेन्सी । कोरोनाभाइरसको संक्रमणपछि भारतका प्रसिद्ध सायर राहत इन्दौरीको निधन भएको छ । उनी ७० वर्षका थिए ।  राहतले मंगलबार बिहान आफैं ट्वीट गरेर कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए । उनलाई अरबिन्दो अस्पतालमा भर्ती गरिएको थियो । डाक्टरका अनुसार राहतलाइ लगातार तीनपटक हृदयघात भएको थियो । 

निमोनियाका कारण आईसियुमा राखियो 
राहत इन्दौरीका छोरा तथा युवा सायर सतलज राहतले बताएअनुसार पिता चार महिनादेखि केवल नियमित जाँचका लागि मात्रै घरबाट बाहिर निस्कन्थें । उनलाई चार–पाँच दिनदेखि बेचैनी भइरहेको थियो । चिकित्सकहरुको सल्लाहमा एक्सरे गराउँदा निमोनियाको पुष्टि भएको थियो । यसपछि स्याम्प जाँचका लागि पठाइयो, जहाँ उनी कोरोना संक्रमित रहेको थाहा भयो । राहतलाई मुटुरोग र डायबिटिज पनि थियो ।  

परिवार बेघर भएका थियो 
१ जनवरी १९५० मा राहत जन्मिएका थिए । उनका बाबुल रिफअत उल्लाह १९४२ मा सोनकछ देवास जिल्लाबाट इन्दौर आएका थिए । राहतको बाल्यकालको नाम कामिल थियो । त्यसपछि उनको नाम बदलेर राहत उल्लाह राखियो । 
राहतको बाल्यकाल निकै अफ्टेरोसँग गुज्रियो । उनी जन्मनुअघि नै बाबुले इन्दौमा अटो चलाउने र मिलमा काम गर्ने गर्थे । तर ती दिनमा आर्थिक मन्दी चलिरहेको थियो । १९३९ देखि १९४५ सम्म  चलेको दोस्रो विश्वयुद्धको असर भारतमा पनि पर्यो । राहतका बाबुको जागिर गयो । अवस्था यति धेरै खराब भयो कि राहतको परिवार कुनै समय घरबारविहीन बन्यो । 

राहतले बरकतुल्लाह विश्वविद्यालयबाट उर्दूमा एमए गरेका थिए । भोज विश्वविद्यालयले उनलाई उर्दू साहित्यमा पीएचडीको उपाधि दिएको थियो । राहतले मुन्ना भाई एमबीबीएस, मिनाक्षी, खुद्दार, नाराज, मर्डर, मिशन कास्मिर, करीब, बेगम जान, घातक, इश्क, जानम, सर, आशिन्या र तेरा आशिकलगायत फिल्मका लागि गीत लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप