मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सिरियल ‘तेनाली रामा’मा नेपाली निरिशा

मङ्गलबार, २७ साउन २०७७, १८ : २७
मङ्गलबार, २७ साउन २०७७

काठमाडौं । फिल्म ‘जानी नजानी’ बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी अभिनेत्री निरिशा बस्नेत फेरि भारतीय सिरियलमा पनि देखिने भएकी छन् । उनी हिस्टोरिकल फिक्सन भारतीय सिरियल ‘तेनाली रामा’मा देखिन लागेकी हुन् । सिरियलमा उनको केमियो भूमिका रहेको छ । जसको छायाँकन उनले सकाइसकेकी छन् ।

सिरियलमा आफ्नो भूमिका केमियो भएपनि बलियो रहेको  उनले बताउँदै आएकी छन् । ‘सब टिभी’ प्रसारण हुने बताइएको सिरियल अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो ।  केही पहिले भारतीय चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा अभिनय गरेकी बस्नेतले नेपाली फिल्म ‘जानी नजानी’ समेत अभिनय गरेकी छन् । यो उनको नेपाली डेब्यु फिल्म पनि हो ।

बस्नेत अहिले एक साउथ फिल्म अभिनयरत छिन् । लकडाउनका कारण फिल्मको छायाँकन रोकिएको छ । कोरोनाको कहर सामान्य भएपछि उक्त फिल्मको छायाँकन हुने उनले बताइन् । निरिशा पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन् । उनी बलिउड फिल्म अभिनयका लागि भारतमा संघर्षरत मोडल पनि हुन् । तस्बिर: फेसबुकबाट   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप