शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाहसंस्कार गरेपछि कोरोना पुष्टि, मलामी खोजिँदै

मङ्गलबार, २७ साउन २०७७, १८ : २३
मङ्गलबार, २७ साउन २०७७

बाह्रबिसे । मृत्युपछि कोरोना पुष्टि भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ पलाँचीका खड्ग बहादुर बस्नेतको मलामी गएकाहरुको खोजीकार्य भएको छ । ८४ वर्षीय बस्नेतको दाहसंसकार गरेपछि कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

गत २२ गते बस्नेतको उपचारको क्रममा राजधानीको ह्याम्स अस्पतालमा मृत्यु भएको थियो । बस्नेत पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेतको पिता हुन् । 

बस्नेतको मृत्यु भएको पाँच दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्सपेक्टर नमराज न्यौपाने बताए । उनले भने, ‘बस्नेतको रिपोर्ट मंगलबार दिउँसो थाहा पाएको हुँ । मलामीहरुको खोजीकार्य सुरु भएको छ ।’

मृतक बस्नेतको कोरोना रिपोर्ट पोजेटिभ आएपछि पलाँची गाउँ नै सिल गर्ने तयारी भइरहेको बाह्रबिसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन् । बुधबार कन्ट्याक ट्रेसिङको टोली आउने समेत उपप्रमुख पाख्रिनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप