रुकुम चौरजहारी घटनाका मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय
मङ्गलबार, २७ साउन २०७७, १८ : १३
काठमाडौं । सरकारले रुकुम पश्चिम चौरजहारीमा गत जेठ १० गते भएको घटनाका मृतकका परिवारलाई प्रति परिवार १० दश लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै घाइतेहरुको उपचार गर्दा लागेको बील बमोजिमको उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
अन्तरजातिय विवाहको विषयलाई लिएर भएको घटनामा भेरी नगरपालिका ९ जाजरकोटका नवराज वि.क., गणेश बुढामगर, लोकेन्द्र सुनार, संजिव वि.क., गोविन्द शाही, जाजरकोट इन्द्रबहादुर शाही, टिकाराम सुनारको ज्यान गएको थियो । उनीहरुको परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको हो । यस्तै १२ जना घाइतेहरुको उपचार खर्चको बिलअनुसारको रकम उपलब्ध गराउने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला