शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशभर ७ हजार २०१ सक्रिय संक्रमित, उपत्यकामा थप १३४ जनामा संक्रमण पुष्टि

देशभर ६३८ संक्रमित थपिए
मङ्गलबार, २७ साउन २०७७, १६ : ३८
मङ्गलबार, २७ साउन २०७७

काठमाडौं । मंगलबार देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् । सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा तीन गुणाभन्दा बढी संक्रमित थपिएका हुन् । 
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर  ६३८ जनामा संक्रमण पुष्टि भएको बताए । 

पछिल्लो २४ घण्टामा १७१ संक्रमणमुक्त भएका छन् भने कुल निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । हाल देशभर ७ हजार २०१ सक्रिय संक्रमित छन् भने कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप