शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा मोटरसाइकल दुर्घटना, १ किशोरको  मृत्यु

मङ्गलबार, २७ साउन २०७७, १२ : ४३
मङ्गलबार, २७ साउन २०७७

हेटौंडा । हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घर भई हेटौँडा उपमहानगरपालिका–११  बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।  

हेटौंडा –११ थाना भ¥याङ सडकमा रोकिराखिएको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गए राति हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५६७९ नम्बरको  मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता  इन्द्रबहादुर रानाले बताए ।  

अत्यधिक गतिमा मोटरसाइकल चलाएकाले  दुर्घटना भएको हुन सक्ने र मोटरसाइकलको पछाडि बस्ने २४ वर्षीय सुनिल सुनार सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप