शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रीकै क्षेत्रमा सडकको कन्तबिजोग, निर्माणमा अवरोध भएको भन्दै स्थानीयको आन्दोलन

मङ्गलबार, २७ साउन २०७७, १० : ४७
मङ्गलबार, २७ साउन २०७७

काठमाडौं । विगत सात वर्षदेखि हिलाम्मे भएको सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपास क्षेत्रका स्थानीय आन्दोलित भएका छन् । मंगलबार बिहान बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा स्थानीयले सरकार बाटो चाडै बनाउन माग गर्दै विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हडपेर बिना लालपुर्जा किनबेच समेत गरिएको बताइन्छ । सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा  बाँकी रहेको सार्वजनिक जग्गा हडपेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो । 

एउटा भग्नावशेष घर बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ । तर ती टहरामा बसीरहेकाले अनावश्यक विवाद निकालेको भन्दै स्थानीय सडक निर्माणका लागि आन्दोलनमा उत्रिएका हुन् । 

२०१७ सालसम्म सार्वजनिक जग्गामा विद्यालय रहेको र उक्त विद्यालय पछि तरुण माविमा गाभिएपछि खाली रहेको सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई सरकारले घर वापत आवश्यक मुअब्जा २०७१ सालमै दिइसकेको छ । मुअब्जा पनि लिने सार्वजनिक जग्गा पनि अझै आफूहरुकै भएको भन्दै केही व्यक्तिले सडक निर्माणको विरोध गरिरहेको भन्दै बालाजु बाइपासमा बसोबास गर्दै आएका अन्य स्थानीय विरोधमा उत्रिएका हुन् । 

बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका छन् । आफूहरुको समस्या समाधानका लागि सरकारले पहल गरेपनि सार्वजनिक जग्गा हडपेकाहरुले अनावश्ययक दुख दिएकाले आफुहरु सडकमा उत्रिएको स्थानीयको भनाइ छ । सो क्षेत्र सहरीविकास राज्यमन्त्री रामवीर मानन्धरको निर्वाचन क्षेत्र पनि हो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप