शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय सेनाले चरमपन्थी ठानेर इन्काउन्टर गरेका तीनजना मजदुर भएको खुलासा

मङ्गलबार, २७ साउन २०७७, १० : ०१
मङ्गलबार, २७ साउन २०७७

जुलाई महिनाको १८ तारिखमा सेनाले कश्मिरको शोपियांमा तीनजनालाई चरमपन्थी ठानेर इन्काउन्टर गरेको थियो । उनीहरु चरमपन्थी नभई मजदुर भएको खुलासा भएको छ । प्रहरीका अनुसार यसको पहिलो जानकारी सेनाले पाएको थियो र सेनाले नै इन्काउन्टर सुरु गरेको थियो । जबकी सेनाले यो गलत इन्काउन्टर नभई यसको अनुसन्धान जारी रहेको बताएको छ ।

यस्तै मारिएको २१ दिनपछि तीन युवकका परिवार सार्वजनिक भएका छन् । उनीहरुले चरमपन्थी भनेर मारिएकाहरु आफ्नो सन्तान भएको बताए । यी युवा राजौरीको बस्ने र मजदुरीका लागि कश्मिरको शोपियां गएको जानकारीमा उल्लेख छ ।

घटना सुरु हुन्छ १८ जुलाईदेखि । इन्काउन्टरपछि बयान जारी गरेको जम्मू–कश्मिर प्रहरीले यो इन्काउन्टरपछि पनि एक बयान जारी गर्दैै भनेको थियो, ‘सेनाको ६२ राष्ट्रिय राइफल्सको इनपुटको आधारमा शोपियांको अमिशपोरा गाउँमा चरमपन्थीको उपस्थतीको जानकारी पाइएको छ । जहाँ एक अपरेशन चलाइयो ।’

‘सर्च अपरेशनको क्रममा चरमपन्थीले सेनाका मानिसहरुमाथि फायरिङ गरे र इन्काउन्टर सुरु भयो । पछि प्रहरी र सिआरपीएफ पनि इन्काउन्टरमा समावेश भए । मुठभेडमा तीन चरमपन्थी मारिए जसको पहिचान हुन सकेको छैन । इन्काउन्टर भएको स्थानबाट हतियार र गोला–बारुद बरामद भएको छ ।’

प्रहरीका अनुसार मेडिकल जाँचपछि उनीहरुको शव बारामुलामा व्यवस्थापन गरियो ।

हरेक इन्काउन्टरपछि पत्रकार सम्मेलन गर्ने कश्मिरका आइजी विजय कुमारले यो इन्काउन्टरपछि कुनै बयान दिएका छैनन् । यद्यपि, सेनाले त्यसको भोलिपल्ट एक पत्रकार सम्मेलन बोलाए । यसमा उनले चरमपन्थीसँग हतियार भएको बताए । कश्मिरको १५ कोरका कमान्डर लेफ्टििनेन्ट जनरल बीएस राजूले त यो वास्तविक इन्काउन्टर भएको र केही परिवारले चरमपन्थीको शव माग्न समेत आएको दाबी गरे ।

२२ दिनपछि १० अगस्टमा सेनाले यो इन्काउन्टर नक्कली त होइन भनेर अनुसन्धान सुरु गर्यो । ती तीन युवाको तस्बिर सार्वजनिक भएको छ । परिवारले जुन तस्बिर बोकेका छन् ती, तस्बिर इन्काउन्टरमा मारिएका युवासँग निकै मेल खान्छ ।

सेनाका अनुसार उनीहरुले १८ जुलाईमा शोपियां इन्काउन्टरसँग जोडिएको सोसल मिडिया इनपुट पाएका छन् । सेनाले ती तीन चरमपन्थीको पहिचान अहिलेसम्म पनि हुन नसकेको र उनीहरुको शव गाडिसकिएको जानकारी दिएको छ । यद्यपि, अनुसन्धान जारी छ र उनीहरुको डिएनए परिक्षण गरिने बताइएको छ । – दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप