बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२१ वर्षमै अरबपति बनिन् यी मोडल, एक दिनमा लिन्छिन् ५०० सेल्फी

मङ्गलबार, २७ साउन २०७७, ०९ : ३५
मङ्गलबार, २७ साउन २०७७

एजेन्सी  – विश्वमा नै चर्चित ‘मिडिया पर्सनालिटी’ काईली जेनरले आज जन्मदिन मनाइरहेकी छिन् । उनी हाल २३ वर्षकी भइन् । उनी आफ्नी दुई वर्षीया छोरीसँग जन्मोत्सब मनाइरहेकी छिन् । उनले जन्मदिनको अवसरमा पहिरिएको पहिरनमा २३ लेखिएको छ ।

काईली मिडिया पर्सनालिटीका साथसाथै चर्चित एन्टरप्रेन्योर पनि हुन् । रियालीटी टेलिभिजन स्टार, मोडल तथा व्यवसायी काईली विश्वकै कान्छी अरबपति हुन् । उनको कस्मेटिक मेकअपको व्यवसाय छ । 

उनी आफै कस्मेटिक मेकअपको व्यवसाय सञ्चालन गर्छिन् । 

भनिन्छ, काईली दिनमा ५०० वटा सेल्फी लिन्छिन् । उनी जुन सबैभन्दा बढी मनपर्छ त्यो नै सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् । 

काईलीको रोल मोडल लेडी गागा हो । काईली १८ वर्षकी हुँदा लेडी गागासँग पहिलोपटक भेटघाट भएको थियो । गागाले काईलीको लुक्स र सामाजिक सञ्जालमा हुने चर्चाको बारेमा तारिफ गरेकी थिइन् । 

काईली आफ्नो ब्राण्डलाई बढवा दिनको लागि यूट्युब, इन्स्टाग्राम र स्न्यापच्याटमा आफै विज्ञापन गर्ने गर्छिन् । 

फोब्र्सका अनुसार जेनरको कम्पनीको मूल्य ९०० मिलियन डलर रहेको छ । अनुमानित १ बिलियन डलर नाफासँगै जेनर २१ वर्षको उमेरमा अरबपति बनेकी  थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप