रौतहटको कटहरिया नगरपालिकामा समुदायमा संक्रमण बढ्यो
रौतहट – रौतहटको सदरमुकाम गौर, राजदेवी नगरपालिकापछि अब कटहरिया बजार पनि कोरोना संक्रमितको ‘हटस्पट’ बनेको छ ।
सोमबार साँझ आएको रिपोर्टका अनुसार कटहरिया नगरपालिकाको वडा ४ र ५ मा २ जना महिलासहित ९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
रिपोर्ट अनुसार कटहरियाको उपप्रमुख नुरजहां खातुनको श्रीमानमा पनि कोरोना पुष्टि भएको छ ।
त्यसैगरी, कटहरिया ४ हर्षाहाका १ जना ६० बर्षिय पुरुषमा र वडा ५ बजारका दुई जना ४५ बर्षिय पुरुष ,२५ बर्षिया महिला १६ बर्षिया महिला र अन्य २२ देखि २५ बर्षका युवाहरू रहेको कटहरिया नगर प्रमुख सियाराम कुश्वाहाले जानकारी दिएका छन् ।
संक्रमितहरु मध्ये केहि मावी कटहरिया क्वारेन्टाइन र केहि घरमै रहेका छन् ।
मावी कटहरियामा बिश्व स्वास्थ संगठनले तोकेको मापदण्ड अनुसार आइसोलेसन निर्माण गरेर सबै संक्रमितको उपचार सुरु गरिने मेयर कुश्वाहाले बताए ।
त्यसैगरी संक्रमितको सम्पर्कमा आएकाहरुको आजैदेखि पिसिआर जांचको लागि स्वाब संकलन गरिने जनाइएको छ ।
कटहरियामा एकैपटक ९ जना समुदायका मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेक बजारका सबै व्यापार व्यवसाय बन्द गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी आउने
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा