शिवानीको ‘अबन्धन’मा स्वतन्त्रताको कुरा
सोमबार, २६ साउन २०७७, २२ : ५७
काठमाडौं । गायिका शिवानी भट्टराईको नयाँ गीत ‘अबन्धन’ सार्वजनिक भएको छ । महिला सशक्तिकरणमा जोड दिइएको गीतमा शब्द, संगीत तथा स्वर उनकै रहेको छ ।
गीतको भिडियो समेत बनाइएको छ । जसमा उनी आफै देखिएकी छन् । उनलाई अभिनयमा प्रशान्त तामाङले साथ दिएका छन् ।
प्रशन्न शाक्यको निर्देशन रहेको भिडियोमा बर्खा मुखिया र रेवत श्रेष्ठको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ । गीतले महिलाको पीडालाई प्रस्तुत गरेको छ ।
शिवानीले गीतमा प्रेममा युवतीले भोगेको हिंसा र प्रेम छोडेपछिको स्वतन्त्रता दुबै ब्यक्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन