मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोहलपुर मेडिकल कलेजमा अछामका एक जनाको कोरोना कारण मृत्यु

सोमबार, २६ साउन २०७७, २१ : ४६
सोमबार, २६ साउन २०७७

मेडिकल कलेज कोहलपुरमा आज  एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । सोमबारै ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको पनि कोरोनाबाट मृत्यु भएको थियो ।

आजै नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारत बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको  निधन भएको थियो । उनीसहित स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा थप ४ जनाको मृत्यु भएको जानकारी गराइएको थियो ।

जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी  दुई जनाको  कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप