शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भदौ १५ गतेसम्म लामो दुरीका यातायात र हवाई उडानमा रोक

सोमबार, २६ साउन २०७७, २१ : ००
सोमबार, २६ साउन २०७७

काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउने सरकारले निर्णय गरेको छ ।

त्यस्तै भदौ एक गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टिनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यसअघि साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गर्दै लामो दूरीका यातायात, बाह्य तथा आन्तरिक हवाई उडान र विद्यालय भर्ना  भदौ १ गतेदेखि निर्णय गरेको थियो । बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप