शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतोले गरे ‘साइकल’ चिन्हको प्रचार साइकलमै चढेर

मङ्गलबार, २७ भदौ २०७४, २१ : २९
मङ्गलबार, २७ भदौ २०७४

जनकपुर– दुई चरणको स्थानीय तहको निर्वाचनमा भाग नलिए पनि तेस्रो चरणको निर्वाचनमा भाग लिएर २ नम्बर प्रदेशलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले निर्वाचनको नयाँ नयाँ प्रयोग गर्न थालेका छन् । 

विभिन्न ६ मधेसवादी दलबीच एकता भई बनेको राजपा नेपालले छाता चिन्ह मागे पनि स्थानीय तहको निर्वाचनमा छाता चिन्ह नपाई साइकल पाएपछि राजपा नेताहरु साइकल चढेर चुनाव प्रचार गर्न थालेका छन् । 

राजपा नेताहरु यतिबेला २ नम्बर प्रदेशमा नै केन्द्रित छन् । मंगलबार जनकपुरमा राजपाले गरेको चुनावी सभापछि राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले साइकल चढेर चुनावी प्रचारमा हिडेका थिए । साइकल चलाउनसमेत नदोहोरेका महतोले अब सबै मधेसी जनता साकइलमा नै चढ्नुपर्ने समेत बताए । 

आठ जिल्ला समेटिएको २ नम्बर प्रदेशअन्तर्गतको १ सय ३६ स्थानीय तहमा असोज २ गते निर्वाचन हुँदैछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप