वेलारुसमा अनधिकृत जमघट गरेको भन्दै ३ हजार प्रदर्शनकारी पक्राउ
सोमबार, २६ साउन २०७७, १९ : ५६
एजेन्सी । बेलारूसका प्रहरीले निर्वाचनपछि भएका प्रदर्शनपछि अनधिकृत जमघटमा भाग लिएको भन्दै करिब तीन हजार मानिसहरूलाई पक्राउ गरेको पुष्टि यहाँको गृहमन्त्रालयले सोमबार बताएको छ । मन्त्रालयले पक्राउ परेका केही व्यक्तिलाई प्रहरीसँग झडप गरेपछि नियन्त्रणमा लिनुपरेको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘पक्राउ परेकामध्ये एक हजार व्यक्ति राजधानी मिन्स्क र बाँकी देशका अन्य भागमा रहेका छन् ।’
मिन्स्कमा प्रदर्शनकारीहरूले आगजनी गर्दै सडकहरूमा अवरोध खडा गरेका थिए । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको मन्त्रालयले बताएको छ । राजधानीमा झडपमा ५० भन्दा बढी प्रदर्शनकारी र ३० प्रहरी अधिकारीहरू घाइते भएको बताइएको छ । तर सोमबार कसैको मृत्यु भने नभएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी