शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनीभित्र लुकाएर पेस्तोलको कारोबार

सोमबार, २६ साउन २०७७, १७ : ५३
सोमबार, २६ साउन २०७७

जनकपुर । जनकपुरमा चिनीभित्र लुकाएर पेस्तोल ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जनकपुरको बाह«विघाबाट चिनीको झोलाभित्र पेस्तोल बोक्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय सुजित यादवलाई पक्राउ गरेको हो ।

धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार कालो रंगको प्लाष्टिकको झोलामा  चिनीभित्र लुकाएको ४ दशमलव ५लेखिएको अटोमेटिक पेस्तोल १ थान र त्यसमा लाग्ने म्याग्जिन एक थानसहित यादवलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार यादव हतियार कारोवारी रहेको बुझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप