मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले ९ पसल बगे, एक जना वेपत्ता

सोमबार, २६ साउन २०७७, १७ : ०२
सोमबार, २६ साउन २०७७

बाजुरा  । गएरातिबाट परेको वर्षासंँगै बुढीगंगा नदीमा आएको बाढीले बाजुराको गौमुल गाउँपालिका वडानम्बर २ मा रहेका ९ वटा पसल बगाएको छ । गाउँपालिका २ स्थित तल्लो जुगुनमा नदी किनारमा रहेका ९ वटा पसल बाढीले बगाएको हो । त्यस्तै बाढीका कारण ९ वटाघर जोखिममा परेका छन् । जोखिममा परेका घरका सदस्यहरुलाई खुला  जमिनमा पाल टागेर राखिएको जिल्ला प्रहरीकार्यालायका प्रमुख  डिएसपी टंक प्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए ।

यसैबीच बाजुराको बडिमालिका नगरपालिका २ मा पनि बाढीले ठुलो क्षति गरेको स्थानीयले बताएका छन् । सो नगरपालिकामा १ जना महिला बेपत्ता हुनुका साथै २० घरसहित पुल बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए । घागर २ बस्ने ६५ बर्षकी औशीदेवी महत्त बगेर बेपत्ता भएकी हुन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । बेपत्ता महत वडा नं २ का वडाअध्यक्षका आमा रहेको प्रहरीले जनाएको स्थानीयका  भैसी २,गोरु ३ र ४ वटा बाख्रा समेत बगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप