शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु, वीरगञ्जमा पनि महिलाको मृत्यु

सोमबार, २६ साउन २०७७, १६ : २२
सोमबार, २६ साउन २०७७

काठमाडौं । मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमितको एक पुरुषको मृत्यु भएको छ ।  कलंकीका  ६४ वर्षीय पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए । असार ३१  गते स्वास्थ्यमा समस्या देखिएपछि उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।

मृतक पुरुषलाई  निमोनिया भएको ललितपुर स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर गेलालले बताए । ती व्यक्ति मधुमेहका रोगी समेत रहेको अस्पतालले जनाएको छ । यस्तै सोमबार वीरगञ्जमा ४५ वर्षीया महिलाको कोरोना संक्रमण कै कारण मृत्यु भएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप