
गोंगबुमा सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ ।
सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले रातोपाटीलाई जानकारी दिए । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।
आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अपराध महाशाखा र काठमाडौं प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको छ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ