शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यागमन विभागमा अत्यावश्यक बाहेकका सेवा बन्द

सोमबार, २६ साउन २०७७, १५ : १९
सोमबार, २६ साउन २०७७

काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेटेटिभ र एक जनामा पोजेटिभ आएको छ । विभागले प्रवेशाज्ञा ‘भिसा’ सेवा केही समयको लागि बन्द गरेको छ । 

कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइसोलेसनमा पठाइएको र उनीसँग सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई पनि होम आइसोलनमा राखिएको निर्देशक तिवारीले बताए । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित सञ्चालनमा रहेको छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत गौलोचन सैँजुले विमानस्थलको अध्यागमन सेवा समान्वयरुपमा सञ्चालन भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप