शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रास : विद्युत प्रधिकरणमा पनि आलोपालो सिस्टम

प्रत्येक १५ दिनमा पालो
सोमबार, २६ साउन २०७७, १५ : ०४
सोमबार, २६ साउन २०७७

काठमाडौं । पछिल्लो समय कोरोना महामारी बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालयका कर्मचारीमा आलोपालो प्रणाली लागू हुने भएको छ । 
प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रत्येक १५ दिनमा आलोपालो तरिकाबाट काममा लगाउने व्यवस्था मिलाउने जनाएको छ । 

यस्तै अन्य कार्यालयको हकमा भने सम्बन्धित विभागीय वा कार्यालय प्रमुखले कर्मचारी जगेडामा राखी काम लगाउनुपर्ने प्राधिकरण पदाधिकारीको बैठकले निर्णय गरेको छ ।  
यसरी कर्मचारीलाई आलोपालो गराउँदा कार्यालयमा उपस्थित हुनुनपर्ने कर्मचारीले सो दिनको टिएडिए नपाउने गरी काज जनाएर हाजिरी गरिने भनिएको छ । 

यस्तै कार्यालय प्रमुख, प्रशासन प्रमुख तथा लेखा प्रमुखले आफ्नो कार्यक्षेत्र नछोड्ने , हालको कार्यक्षेत्र भन्दा बाहिर रहेको भएपनि आफ्नो कार्य क्षेत्र फर्कनुपर्ने र यदि कार्यक्षेत्र छोड्नै परेमा विभागिय प्रमुख मार्फत उपकार्यकारी निर्देशकको स्विकृति लिएर छोड्नु पर्ने प्राधिकरणले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप