सिरहामा ब्राउन सुगरसहित ६ युवक पक्राउ
सिरहा । सिरहा प्रहरीले लागुपदार्थ ब्राउन सुगरसहित ६ जना युवालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोलबजार नपा ६ ढोहटियाका २८ वर्षीय पाण्डव गुप्ताले आफ्नै घरमा बिक्रीको लागि लुकाई राखेको १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित ६ जनालाई आइतबार नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारले गुप्तासहित स्थानीय २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, विवेक श्रेष्ठ र १९ वर्षीय शिरिल महरालाई नियन्त्रणमा लिएको जनाएको छ । गोलबजारका इन्सपेक्टर जनक पुरीको कमाण्डमा गएको टोलीले गुप्तासहित ओसारपोसारमा सहयोग गर्ने र सेवन गर्नेहरुलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ । उनीहरुलाई लगुऔषधसम्बन्धि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह