शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु

सोमबार, २६ साउन २०७७, १४ : ४१
सोमबार, २६ साउन २०७७

जनकपुर । धनुषामा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । रुघाखोकी र टाउको दुख्ने जस्ता लक्षण देखिएर आइतबार मृत्यु भएका एक पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । मृतक धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ निबासी हुन् ।

जनकपुरस्थित विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा विगत ५ महिनादेखि काम गर्दै आएका ती पुरुषमा करिब ५ दिनदेखि रुखाखोकी र टाउको दुख्ने लगायतको समस्या देखिएको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोद मण्डलले जानकारी दिए । 

मृतक ललिया गाउँबाट कामका लागि दैनिक जनकपुरस्थित फाउन्डेसनमा काम गर्न आवतजावत गर्दै आइरहेका थिए । कोरोनाबाट धनुषामा अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप