बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीमा कोरोनाभाइरसको संक्रमण

सोमबार, २६ साउन २०७७, १४ : ४०
सोमबार, २६ साउन २०७७

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार ट्वीट गर्दै उनले अस्पतालमा अन्य चेकजाँचका लागि जाँदा कोरोना परीक्षणमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ८४ वर्षीय मुखर्जीले आफूसँग गत हप्ता सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन र आइसोलेट गर्न आग्रह गरेका छन् ।

भारतमा आइतबारसम्म २२ लाख बढी संक्रमित बेला परिसकेका छन् । आइतबार थप ६२ हजार ११७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

विश्वभर २ करोडभन्दा बढी भाइरसबाट संक्रमति भइसकेका छन् । पछिल्लो २० दिनमा मात्र थप ५० लाख कोभिड–१९ संक्रमित थपिएका छन् । यसमध्ये ९.७२ लाख भारतका रहेका छन् ।

पछिल्लो समय ब्राजिल र अमेरिकामा नयाँ संक्रमितको संख्या स्थिर भइसकेको छ भने भारतमा भने यो बढ्दो क्रममा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप