बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरका न्यायाधीशमा कोरोना पुष्टि, ३ दिन अदालत बन्द

सोमबार, २६ साउन २०७७, १३ : ३५
सोमबार, २६ साउन २०७७

विराटनगर । जिल्ला अदालत मोरङका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार न्यायाधीशसहित ४ जनाको स्वाव लिएर गरिएको परीक्षणमा न्यायाधीशमा संक्रमण पुष्टि भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार श्रीमानमा संक्रमण पुष्टि भएपछि सोमबारदेखि बुधबारसम्म ३ दिन अदालतबाट हुने सबै सेवा बन्द गर्ने निर्णय भएको छ । 

न्यायाधीशलाई संक्रमण पुष्टि भएसँगै अदालतका अन्य ४० कर्मचारीको परीक्षण तथा कन्ट्रयाक ट्रेसिङ गर्ने तयारी भएको छ । पौडेलकाअनुसार सोमबार सात जनाको स्वाव संकलन भएको तथा मंगलबार ३३ जनाको स्वाव परीक्षण गर्ने तयारी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप