शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको कोरोना परीक्षण

भदौ १ बाट प्रशिक्षण सुरु गर्ने योजना
सोमबार, २६ साउन २०७७, १३ : ०१
सोमबार, २६ साउन २०७७

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको सोमबारदेखि कोरोना परीक्षण शुरु भएको छ । विश्वकप छनौट फुटबलका लागि एन्फाले भदौ १ देखि टिमको प्रशिक्षण सुरु गर्ने योजना बनाएको छ । त्यसैका लागि एन्फाले कोरोना परीक्षण गरेको हो । पहिलो दिन काठमाडौँ बाहिरबाट आएका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । भोलि अन्य खेलाडी तथा प्रशिक्षण टोलीको पनि परीक्षण गरिने बताइएको छ ।

नेपाल सरकारले भदौ १ देखि जनस्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर खेलकुदको प्रशिक्षण गर्नका लागि खुल्ला गरेपछि एन्फाले प्रशिक्षणको तयारी गरेको हो । एन्फाले बिहीवारबाट एन्फा मुख्यालयमा रहेको होस्टल सेनिटाइज गर्ने काम सुरु गरेको थियो ।  त्यस्तै, एन्फाको सातदोबोटो स्थिति कार्यालय भवन र मैदान पनि निर्मलीकरण गर्ने काम भइरहेको छ । डब्ल्युएचओ र फिफाको गाइडलाइन्सअनुसार एन्फाको मेडिकल टिमले पनि प्रशिक्षण गर्न प्रोटोकल तयार गरिएको बताएको छ । विश्वकप छनोटअन्तर्गत समूह ‘बी’मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप