सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ३५
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सकृय संक्रमितको संख्या ७ सय ३५ पुगेको छ । संक्रमण दरभन्दा निको हुनेको संख्या बढेर जाँदा कोरोना संक्रमितको संख्या ७ सय ३५ पुगेको हो ।
सकृय संक्रमितमध्ये अछामका ५०, बैतडीका १७, बझाङ्गका १७४, दार्चुलाका २५, बाजुराका १५, डडेल्धुराका ५ जना छन् । त्यसैगरी डोटीका १६७, कैलालीका २३५, कञ्चनपुरका ४७, रहेको स्वास्थ्य निर्देशनालय डोटीले आइतबार जानकारी गराएको छ ।
आइतबार मात्र निको भई घर जानेको संख्या ९ र बिभिन्न मितिमा निको भएको तर अपडेट नगरिएका ७५ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।
उनले आईतबार नै सेती प्रादेशिक धनगढीबाट गरिएको परिक्षणमा ५ र डडेल्धुरा अस्पतालबाट गरिएको परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
यो प्रदेशमा हालसम्म निको हुने संख्या ४ हजार ४० छ भने मृत्यु ९ रहेको छ ।
प्रदेशमा ४० हजार ३५२ जनाको पीसीआर बिधिबाट जाँच गरिएको छ । जसमा ३५ हजार ५६८ मा नेगेटिभ आएको छ । १ हजार ३२९ को रिपोर्ट आउन बाँकी छ । आरडिटी बिधिबाट १ लाख २४ हजार ६९० जनामा परीक्षण गरिएकामध्ये १० हजार १९२ को पोजेटिभ छ भने १ लाख १४ हजार ४९८ मा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ ।
प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ७४ गरी ८८ जनाको उपचार भईरहेको छ । ८७४ जना सामान्य उपचारपछि घर गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा