शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा बाढीले बगाएर १ जना बेपत्ता, धनगढी डुबानमा

सोमबार, २६ साउन २०७७, १२ : १२
सोमबार, २६ साउन २०७७

वर्षासँगै आएको बाढीका कारण कैलालीमा एक जना पुरुष बेपत्ता भएका छन् । महोन्याल गाउँपालिका–३ पिपल खेतका ५४ वर्षीया दानबहादुर विष्ट बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

आइतबार गाउँपालिकामा रहेको गेदान खोला तर्ने बेला विष्टलाई बगाएर लगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले रातोपाटीलाई जानकारी दिए । उनको खाजी कार्य भइरहेको उनको भनाइ छ ।

त्यसै गरी बर्षाले धनगढी उपमहानगर क्षेत्रमा रहेका २५ वटा कच्ची घरमा क्षति पुगेको छ भने २५० घर डुबानमा परेको उनले बताए । धनगढी उपमहानगरपालिका २, ३, ४, ८, र ५ मा रहेका घरमा बढी क्षति पुगेको प्रहरी निरिक्षक थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप