शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्सामा स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि

४५ वर्षीय महिलाको मृत्युपछि रिपोर्ट पोजेटिभ
सोमबार, २६ साउन २०७७, ०९ : ५५
सोमबार, २६ साउन २०७७

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा १८ वर्षका देखि ५० वर्ष सम्म रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार सोमबार बिहान संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना नेपाल प्रहरी रहेका छन् । त्यसैगरी, पोखरीया नगरपालिकाका २५ वर्षीय डाक्टर पनि रहेको मेसु उपाध्यायले बताए ।

एकजना महिलाको मृत्युपछि कोरोना पुष्टि भएको छ । ४५ वर्षीया महिलाको हिजो गण्डक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्युपछि रिपोर्ट पोजेटिभ आएको हो। उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामीको अचानक स्वास्थ्यमा गडबडी भएपछि उनको आइतवार बिहान गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। श्वासप्रश्वासमा अचानक समस्या देखिएको थियो । कोरोना भाइरस संक्रमण भए नभएको थाहा नहुँदै उनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए ।

वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १८ वर्ष देखि ५० वर्षका सम्मका ९ जना, मेग्नस फर्माका ३६ र ४० वर्षका २ जना पुरुष र ४८ वर्षीय १ जना महिला कर्मचारी रहेकी छिन् । बारा जिल्ला घर भइ नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मी पनि संक्रमित भएकी छिन् ।

पर्सा जिल्ला पोखरिया नगरपालिकाका वडा नम्बर ७ का २६ बर्षका १ जना पुरुष, र पोखरिया अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेको मेसु उपाध्यायले बताए ।

साउन २४ र २५ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा २२ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप