घुस लिएर काठमाडौं हिँडेका खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख समातिए
सोमबार, २६ साउन २०७७, ०९ : ३८
काठमाडौं । नेपाल खानेपानी संस्थानको बुटवलस्थित कार्यालयका प्रमुख इन्जिनियर सन्तोष साह घुुससहित पक्राउ परेका छन् । खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुबाट घुस रकम उठाएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले साहलाई नियन्त्रणमा लिएको हो ।
आइतबार संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं आउँदै गर्दा धादिङको धुनिवेसी नगरपालिका वडा नम्बर ८ स्थित खानीखोलाबाट उनी पक्राउ परेका हुन् ।
गाडी चेक जाँच गर्ने क्रममा निजको साथबाट श्रोत नखुलेको नगद रकम दुई लाख तेत्तीस हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख बाइस हजार बराबरको रकम फेला परेको र लगत्तै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले सोमबार जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'