अझै पूरा भएन लिलाम बिक्री केन्द्र
इलाम । छ वर्षअघि निर्माण शुरु भएको नेपाली चियाको लिलाम बिक्री केन्द्र ९अक्सन सेन्टर० अझै पूरा भएको छैन । क्रेतालाई नेपालमै भित्र्याएर चिया बेच्ने उद्देश्यले अक्सन मार्केट खोल्न शुरु भए पनि अझै निर्माण पूरा भएको छैन ।
अक्सनमार्फत स्थानीय बजारबाटै चिया बेच्नका लागि अक्सन निर्माण गर्न खोजिएको हो । हालसम्म निर्माण पूरा नहुँदा क्रेताले सबै चिया बाहिरी बजारमै लानुपर्ने बाध्यता छ । छ वर्षअघि अक्सनका लागि रकम छुट्याएर निर्माण शुरु भए पनि निर्माण सम्पन्न हुन् सकेन । “निर्माण शुरु भएको पनि हो, झापामा एउटा घर भाडामा लिएर अफिस र ल्याब सञ्चालनको तयारी गरियो, एक वर्षको भाडा पनि बोर्डले ति-यो तर ठोस काम हुनसकेन ।” चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भने, “अक्सन सेन्टर खोल्न व्यवसायीले सर्त राखे । अर्थमन्त्रालयले सम्बोधन गरेन । यसपछि अक्सनका लागि बजेट छैन ।”
सरकार, बोर्ड र व्यवसायीको आ–आफ्नै सर्त र तर्कले अक्सन अल्झिएपछि यसको मार अहिले साना चिया किसानलाई परेको छ । तयारी चिया निर्यात गर्नै समस्या भएको जनाउँदै उद्योगी व्यवसायीले किसानलाई हरियो पत्तीको लागत मूल्यसमेत नदिँदा किसानको घरमा हातमुख जोर्ने समस्या हुन थालेको किसान बताउँछन् । “अक्सन निर्माण नहुनुको मुख्य कारण राजनीतिक अस्थिरता नै हो”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भने, “पुराना सरकार भत्किँदै गए र नयाँ बन्दै जाँदा अक्सन प्राथमिकतामा परेन ।”
अक्सन निर्माण भएर स्थानीयस्तरमै चियाको प्रवद्र्धन गर्न सकिने र चियाको ‘भ्यालू’ पनि बढ्ने उनको अपेक्षा छ । “अन्य देशका ब्रोकर भेला गराएर चियाको जानकारीपछि किन्न लगाइन्छ”, महासचिव राईले भने, “निर्माणको ढाँचा हेर्न भारतसम्म पनि गइयो तर निर्माण सम्पन्न भएन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन
-
पतञ्जलीले पत्रपत्रिकामा छपाएका माफीनामाबारे सर्वोच्चले के भन्यो ?
-
डेब्यु फिल्मको कार्यक्रममा दिलीपकी छोरी दिव्याले भनिन्, ‘अब यो मेरो कर्मभूमि हो’
-
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
-
१० हजार करोडमा आईपीएलको बीमा, वर्षाले खेल रद्द भए पनि जोखिम बहन
-
कर्णाली अझै पनि केन्द्रीय राज्यसत्ताको उपेक्षामा