शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साउन १९ गतेदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा

सोमबार, २६ साउन २०७७, ०८ : ०५
सोमबार, २६ साउन २०७७

पहिरोका कारण यही साउन १९ गतेदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ । धुञ्चे–स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतहमा भाँसिन गई  राजमार्ग आवरुद्ध भएको थियो ।  राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतबारबाट सवारी यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर राजधानी काठमाडौँ प्रस्थान गरिसकेको ट्राफिक प्रहरीले जनाएको छ ।ती कन्टेनरमा स्याउ रहेका छन् । पहिरोका कारण टिमुरेमा रोकिएको स्वास्थ्य सामग्री बोकेका तीन वटा कन्टेनर पनि आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् । प्रजिअको सक्रियताले छिटो राजमार्ग सञ्चालन हुँदा  समुदायमा उत्साह बढेको स्थानीय बुद्धिजीवी ल्हाक्पा थोक्राले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप