निषेधाज्ञाको दोस्रो दिन रौतहटका बजारहरु सुनसान
रौतहट । स्थानीय प्रशासनले जारिगरेको ९ दिने निषेधाज्ञाको दोस्रो दिन पनि रौतहटका बजारहरु सुनसान देखिएको छ । कोरोना भाईरस समुदायमा गएपछि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाको कारण सदरमुकाम गौर,चन्द्रपुर,गरुडा,कटहरिया लगायत सबै बजारहरु बिहानै देखि बन्द रहेको छ ।
औषधि पसल ,अस्पताल बाहेक अन्य सबै पसल बन्द रहेको प्रहरीले जनाएको छ । सार्वजनिक यातायातका साथै निजि गाडी पनि चलेको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गमा खाद्यान्न , र अत्यावश्यक सवारी साधन , पास लिएका गाडी चलिरहेको अन्यलाई फर्काईएको ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले जानकारी दिएको छ ।
समुदाय भित्र कोरोना भाईरसको संक्रमित भेटिएपछि नियन्त्रणको लागि सिडिओ बाशुदेव घिमिरेले एक सूचना जारिगर्दै हिजो२४ गते सनिवार देखि अगामी २९ गते सम्म निषेधाज्ञाको निर्देशन दिएका छन् ।
निषेधाज्ञालाई पूर्ण प्रभावकारी बनाउन नेपाल प्रहरीका साथै सशस्त्र र नेपाली सेना समेत परिचालन गरिएको छ । रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले निषेधाज्ञा पुर्णरुपमा सफल बनाउन नेपाल प्रहरी सशस्त्र र नेपाली सेनाको संयुक्त टोलि जिल्ला को मुख्य स्थानहरुमा परिचालन गरिएको बताए ।
साथै ग्रसित बजार तथा गाउँ गाउँमा निषेधाज्ञा सफल बनाउन मातहतका सबै प्रहरी युनिटहरुलाई कडाइका साथ निर्देशन दिएको एसपी खड्काले जानकारी दिए । साथै निषेधाज्ञा उलंघन गर्नेलाई संक्रामक रोगएन २०२० अनुसार कार्वाही गरिने एसपी खड्काले जानकारी दिए ।
निषेधाज्ञा उलंघन गरेको आरोपमा सनिवार एकसय भन्दा बढी मानिस र सैयौ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको मानिसलाई एन अनुसार कार्वाही गरेर पठाएको तथा सवारीसाधन निषेधाज्ञा अवधी पछि छोडिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन