बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन लाइफको जीवन बीमा कोषमा १६४% बृद्धि

आइतबार, २५ साउन २०७७, २० : ४६
आइतबार, २५ साउन २०७७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७६/०७७ को चौंथोे त्रैमासिक (असार मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सोमा १६४%ले वृद्धि गरेको छ । गत असार मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. ६३ करोड ४८लाख रहेकोमा यस आषाढ मसान्तमा सो रकम १ अर्व६७ करोड ८८लाखपुगेको छ ।

यसका साथै कम्पनीले गतआ. व. को आषाढ मसान्तसम्ममा कुल बीमा शुल्क रु. १ अर्व  १६ करोड ५१ लाख संकलन गरेकोमा यस आ. व. को सोही अवधिमा रु. १ अर्व ९६ करोड ८३ लाख कुल बीमा शुल्क संकलन गन सफल भएको छ । 

यसरी हेर्दा बीमा शुल्क आर्जन ६९% प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा १६४% को वृद्धी गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७% ले बढाएर ४९ करोड ६१ लाखको उचाई चुमाएको छ । साथै कम्पनीले लगानीर बीमा लेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धी गरी रु. ३३ करोड ८३ लाख पु¥याएको छ । 

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु ३ अर्व ८६ करोड ८८ लाख मध्ये करिब ९१% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ ।  

यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्चदरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ । 

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसँग बीमा जस्ता विभिन्न कार्यक्रमहरु ल्गायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिममार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप