बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सामसङको दही बनाउने रेफ्रिजेरेटर नेपालमा

आइतबार, २५ साउन २०७७, २० : २५
आइतबार, २५ साउन २०७७

काठमाडौं । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा कर्ड मेस्ट्रो टीएम रेफ्रिजेरेटर उपलब्ध गराएको छ । यस रेफ्रिजेरेटर विश्वकै पहिलो हो जसले खानेकुरालाई सुरक्षित मात्र राख्दैन यसले खानेकुरा तयार समेत गर्दछ । यसबाट दैनिक रुपमा आफ्नो आवश्यकताअनुसार दही आफैले घरैमा बनाउन सकिन्छ । 

विभिन्न परिकारहरुसँगै नेपालका सम्पूर्ण क्षेत्रमा दही एक विशेष परिकारका रुपमा लिइन्छ, र दहीको खपत अधिक रहेको छ । कर्ड मेस्ट्रो टीएम सामसङको एक नयाँ प्रविधि हो । यो प्रविधिले नेपाली समाजमा अत्यावश्यक रहेको दही सहजै निर्माण गर्न सकिन्छ । नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्री बितरण गरिएको हो । 

कर्ड मेस्ट्रो टीएमले पाँच देखि ६ घण्टामा सहजै दही तयार गर्न सक्दछ–यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिन्छ । कर्ड मेस्ट्रो टीएमबाट कन्टेनरलाई झिकी, त्यसमा मनतातो दुध राख्ने र केही कल्चर राम्ररी घोलेर पुनः त्यस कन्टेनरलाई कर्ड मेस्ट्रो टीएममा राख्नुपर्छ । यस पछि कर्ड अप्सनलाई छनौट गर्नुपर्छ । कर्ड मेस्ट्रो टीएम रेफ्रिजेरेटरले आवश्यक फर्मेन्टेशन गरी दही बनाउन आवश्यक तापक्रम सिर्जना गर्दछ र मीठो दही तयार गर्दछ । 

कर्ड मेस्ट्रो टीएमले जस्तोसुकै मौसममा पनि एकनाशको दही बनाउन सक्दछ । यो कर्ड मेस्ट्रो टीएम रेफ्रिजेनेरेटर २५३ लिटर र ३१५ लिटरमा उपलब्ध रहेको छ । 

यो स्मार्ट कन्भर्टेवल ५ इन १ टुइन कुलिङ्ग रेफ्रिजेरेटर विभिन्न पाँच मोड–नर्मल, एक्ट्रा सपिङ्ग, भ्याकेशन, सिजनल तथा होम अलोन उपलब्ध रहेका छन् । यो कन्भर्टेवल मोडेलहरुमा विद्युत खपत पनि न्यूनतम मात्र हुन्छ । यो कन्भर्टेवल मोडेलहरुमा भएको ट्वीन कुलिङ प्लस टीए स्वतन्त्र कुलिङ्ग सिस्टम हो । यसको फ्रिज र फ्रिजरमा छुट्टा छुट्टै एयर फ्लो हुन्छ । जसले गर्दा फ्रिज र फ्रिजर बीच खानेकुरा झिक्ने र राख्ने गर्दा उत्पन्न हुन सक्ने गन्ध रहँदैन । 

कर्ड मेस्ट्रो टीएम रेफ्रिजेरेटर नेपाल अधिराज्यभरका सामसङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी ब्यापार मार्फत अगस्ट २०२० देखि उपलब्ध हुनेछ । कर्ड मेस्ट्रो टीएम यसका मोडेलहरु रु. ६३,९९० देखि रु ७८,९९० सम्ममा खरिद गर्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप