शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी पत्रकारको च्यालेन्जपछि ‘धन्यवाद’ भनेर हिँडे ट्रम्प

आइतबार, २५ साउन २०७७, १७ : ५२
आइतबार, २५ साउन २०७७

एजेन्सी । जब एक पत्रकारले भेट्रन्स हेल्थ केयरबारे आफ्ना झुठ सही प्रमाणित गर्न ट्रम्पलाई च्यालेन्ज गरिन्, तब उनी एक्कासी शनिबारको पत्रकार सम्मेलन छाडेर हिँडे । अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार ट्रम्पले यसबारे १ सय ५० भन्दा धेरैपटक झुठ बोलिसकेका थिए । र, न्युु जर्सीस्थित बेडमिनिस्टर गल्फ क्लबमा उनले फेरि एकपटक आफुले भेन्ट्रान्स च्वाईस कार्यक्रम पास गरेको दाबी गरे । ‘उनीहरुले दशकौं र दशौंदेखि यसलाई पास गर्न खोजेका थिए, तर अहिलेसम्म कुनै राष्ट्रपतिले गरेनन् र अहिले हामीले गरेका छौं ।’

खासमा यो कार्यक्रमलाई राष्ट्रपति बाराक ओबामाले कानूनका रुपमा ल्याउनेगरी २०१४ मै हस्ताक्षर गरिसकेका रहेछन् । यस कानूनअनुसार सरकारले जेष्ठ नागरिकका लागि भिए प्रणालीबाहेक पनि डाक्टरले प्रदान गर्ने हेरचाहको  आवश्यक खर्च व्यहोर्न सक्छ । यस कानूून निर्माणका लागि ट्रम्पले अति आलोचना गर्ने दुई सांसद् बर्नी स्यान्डर्स र स्वर्गीय जोन म्याककेनले प्रस्ताव अघि बढाएका थिए । 

ट्रम्पले हस्ताक्षर गरेको भनेको २०१८ को कानून ‘भिए मिसन ऐन’ हो । यो च्वाईस कार्यक्रमकै संशोधन र बिस्तार हो । यद्यपि यस विषयको वास्तविकता बताउनुको साटो ट्रम्पले सधैं आफैलें भेट्रान्स च्वाईस सिर्जना गरेको र अरु राष्ट्रपति ५० वर्षसम्म असफल भएको दाबी गर्ने गरेका थिए । 

‘तपाई मैले भेट्रान्स च्वाईस पास गरे भनिरहनुहुन्छ ?’ सिबिएस न्युजका ह्वाइटहाउस संवाददाता पाउला रेडले शनिबारको पत्रकार सम्मेलनमा सोधिन् । यहि पत्रकार सम्मेलनमा कोरोना भाइरसबाट उद्धार गर्नका लागि आफ्नो कार्यकारी कदम ट्रम्पले घोषणा गरेका थिए । 

ट्रम्पले अर्कै रिपोर्टरतर्फ इशारा गरे । तर रेइडले फेरि सोधिन्, ‘तपाईले भन्नुभयो कि भेट्रान्स च्वाईस मैले पास गरें । तर, यो गलत अभिव्यक्ति हो, यो २०१४ मा पास भएको थियो ।’ त्यसपछि ट्रम्प एकैछिन रोकिए र प्रतिक्रिया दिए, ‘ठिक छ, यहाँहरु सबैलाई धन्यवाद ।’ अनि उठेर हिँडे ।  रेडले यस्तो कडा प्रश्न गर्नुुअघि भेट्रान्स च्वाईसको दाबीलाई लिएर ट्रम्पलाई कसैले च्यालेन्ज गरेको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप