बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार मुद्दाका फरार पक्राउ

आइतबार, २५ साउन २०७७, १६ : ४८
आइतबार, २५ साउन २०७७

काठमाडौं । बलात्कार  मुद्दामा अदालतको फैसलापछि भागेका कैलाली गौरीगंगा नगरापलिका–३ का अर्जुन चौधरीलाई प्रहरीले पक्रेको छ । ०७२ भदौ १३ मा साँझपख ३ वर्षीया बालिकालाई उनले बलात्कार गरेका थिए । जिल्ला अदालत कैलालीले ०७३ जेठमा उनलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ९ बर्ष ३ महिना कैद र २५ हजार जरिवाना हुने फैसला गरेको छ ।

जबर्जस्ती करणी गरेको २ दिनपछि पक्राउ परेका चौधरी अदालतको सुरुवाती फैसलापछि धरौटीमा रिहा भए । अन्तिम फैसलामा अदालतले जेल सजायको निर्णय सुनाएपछि उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर हिक्मतबहादुर थापाले जानकारी दिए ।

राती घरमा सुतिरहेकी बालिकालाई उनले गौरीगंगा नगरपालिका–३ स्थित शिव नदीको किनारमा रहेको नर्सरी जंगलमा लगेर बलात्कार गरेका थिए । बलात्कृत बालिकालाई प्रहरीले अर्धचेत अवस्थामा उद्दार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप