मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१ किलो चरेश सहित पक्राउ

आइतबार, २५ साउन २०७७, १४ : ३०
आइतबार, २५ साउन २०७७

काठमाडौं । चन्द्रागिरी नगरपालिका–५ दाउराडिपोबाट प्रहरीले मकवानपुर घर भएका देवेन्द्र थापा मगरलाई पक्रेको छ ।

दाउराडिपोमा ४२ वर्षीय देवेन्द्रको कोठा खानतलासी गर्दा १ किलो १६० ग्राम चरेश फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

मकवानपुको थाहा नगरपालिका–७ घर भएका उनले धादिङबाट चरेश ल्याएर स–साना पाकेट बनाएर काठमाडौंमा बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनको कोठामा चरेश प्याकिङ गर्ने कागज र तराजु पनि फेला परेको छ ।

शनिवार पक्रेर प्रहरीले देवेन्द्रलाई लागु औषध (नियन्त्रण) ऐन–०३३ अनुसार म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप