टिकटकमा चर्चित बालिका अकेशा म्युजिक भिडियोमा
आइतबार, २५ साउन २०७७, १२ : २८
काठमाडौं । टिकटकमा चर्चित बालिका अकेशा पोखरेलसमेत तीज गीतमा मोडल बनेकी छन् । उनी अभिनित तीज गीत ‘रातो रातो सारी...’ सार्वजनिक भएको छ । गीतमा राजन कार्की र मिना तिवारीको स्वर, शब्द रहेको छ भने संगीत पनि राजनले नै गरेका छन् ।
पछिल्लो समय बजारमा भित्रिएको भन्दा फरक खालको यो गीतमा अकेशा तीजको श्रृङ्गारसहित प्रस्तुत भएकी उनी क्युट देखिएकी छन् । उनको भिडियोमा अभिनय पनि राम्रो छ । सन्तोष पोखरेलको निर्देशन र डीएन राईको कोरियोग्राफी रहेको भिडियोमा अकेशालाई रोविन पोखरेल र स्मृति बस्नेतले मोडलिङमा साथ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण
-
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने