पहिरोमा परी एक जनाको मृत्यु
आइतबार, २५ साउन २०७७, ११ : १४
गौमूल गाउँपालिका –५ ग्वानीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा गौमूल–४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क भट्टराईले जानकारी दिए ।
शनिबार राति ग्वानी लेकमा सुतिरहेका बेला माथिबाट पहिरो आउँदा भीके भाग्न सफल भएको र छोरा भाग्न नसकेका कारण च्यापिएर मृत्यु भएको स्थानीयवासी गणेश रोकायाले बताए ।
पहिरामा परी चार बाख्रा मरेको र अन्य पशुचौपाया घाइते भएका छन् । अहिले थप उद्धारका लागि गौमूल गाउँपालिका घटमुनास्थित प्रहरीचौकीबाट घटनास्थलमा टोली गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानीय तहका सयौँ बस्ती पहिराको उच्च जोखिममा तथा सडक, बिजुली, टेलिफोनलगायत सेवा अवरुद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा
-
गौरीगङ्गामा अवैध काठ बरामद
-
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
-
भक्तपुर अस्पतालमा १८ करोडको सुविधा सम्पन्न भवन निर्माण
-
अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ
-
सुरक्षा निकायबाट जागिर छोड्नेको लर्को