शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकामा कोरोनाका ५० लाख बढी संक्रमित, मृतकको संख्या १ लाख ६५ हजार नाघ्यो

आइतबार, २५ साउन २०७७, ०७ : ५०
आइतबार, २५ साउन २०७७

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ५० लाख बढी पुगेको छ ।

कोरोनाका कारण अमेरिका संसारकै सर्वाधिक प्रभावित देश हो ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म ५१ लाख ४९ हजार ७ सय २३ संक्रमित रहेका छन् भने एक लाख ६५ हजार बढीको मृत्यु भइसकेको छ ।

अमेरिकापछि ब्राजिल दोस्रो सबैभन्दा प्रभावित देश हो जहाँ संक्रमितको संख्या २० लाख १३ हजारभन्दा बढी छ । ब्राजिलमा मृतकको संख्या करिब एक लाख पुगेको छ ।

भारत तेस्रो सर्वाधिक प्रभावित देश हो ।

भारतमा हालसम्म कोभिड–१९ का कूल संक्रमितको संख्या २१ लाख पार भइसकेको छ जसमा १४ लाख २० हजारभन्दा बढीले यो रोग जित्न सफल भइसकेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार रिकभरी रेटमा लगातार सुधार भइरहेको छ र यो अब ६८.३२ प्रतिशत रहेको छ । यस्तै कोभिडका कारण मृत्युदर २.०४ प्रतिशत छन् ।

हालसम्म करिब ४३ हजारको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप