१ करोड २४ लाख बढीको चेकसहित विद्युत प्राधिकरण धनुषा शाखाका प्रमुख पक्राउ
शनिबार, २४ साउन २०७७, २२ : ४३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई १,२४,९१,१४५(एक करोड २४ लाख ९१ हजार १ सय ४५) रुपैयाँ बराबरको कार्यालयका चेकहरुसहित पक्राउ गरेको छ । कार्यालय प्रमुख गुप्तालाई शनिबार अख्तियारले सिन्धुलीबाट पक्राउ गरेको हो ।
गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेकहरु लिएर काठमाडौं जान लागेको सूचनाका आधारमा पक्राउ गरिएको आयोगले जनाएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ९ बाट सो कार्यालयका चेकहरु तथा सोसँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिइएका गुप्तामाथि थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा आज : दिल्ली र हैदराबादबिच सधैँ कडा टक्कर
-
बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल