बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जापानमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या बढ्दो

शनिबार, २४ साउन २०७७, २२ : १६
शनिबार, २४ साउन २०७७

एजेन्सी । गर्मी विदा सुरू हुँदै गर्दा जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको जापानी अधिकारीले बताएका छन् । जापानमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ५६५ पुगेको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीहरूले जानकारी गराएका छन् । 

यससँगै शनिबार साँझसम्म जापानमा सङ्क्रमित हुनेको सङ्ख्या ४७ हजार ४६४ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।  कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै ‘बोन फेस्टिवल’को मौसमको बेला आएको भएपनि गृहनगरहरूमा प्रान्तका राज्यपालहरूले मानिसलाई अनावश्यक भेटघाट गर्न निरुत्साहित गरेका छन् ।
 
जापानको तथ्याङ्कमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजबाट जापान आएका ७१२ सङ्क्रमितलाई समावेश गरिएको छैन । उक्त जहाज टोकियोको नजिकको बन्दरगाह शहर योकोहामामा क्वारन्टिनमा बस्ने क्रममा सङ्क्रमित भेटिएका थिए ।

 जापानमा कोरोनाभाइरस सङ्क्रमणबाट मर्नेहरूको सङ्ख्या अहिले एक हजार ५० पुगेको छ । मृतकमध्ये १३ जना डायमण्ड प्रिन्सेस जहाजका यात्रु रहेका थिए । मन्त्रालयका अनुसार जापानमा कूल १४० सङ्क्रमितमा जटिल समस्या देखिएको र उनीहरूलाई भेन्टिलेटर तथा सघन उपचार कक्षमा राखी उपचार भइरहेको बताइएको छ । शनिबार जापानका ४७ प्रिफेक्चरमध्ये टोकियोमा सबैभन्दा बढी थप ४२९ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप