खोलामा खस्दा दुई बालक बेपत्ता
शनिबार, २४ साउन २०७७, २१ : ३२
साइकलबाट खस्दा प्युठानको माडीखोलामा आज दुई बालक बेपत्ता भएका छन् । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ सोत्रे निवासी सञ्जय पार्धेका छोरा अन्दाजी ११ वर्षीय सञ्जोक र गोपाल गौतमका छोरा अन्दाजी १० वर्षीय विपीन बेपत्ता भएका हुन् ।
उनीहरु दुवै घर नजिकैको सडकमा साइकल चलाउँदै गर्दा सोत्रेढिकबाट करिब १०० मिटर तल माडीखोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
प्रहरी र स्थानीयवासीबाट उनीहरुको खोजी भइरहे पनि रात परेका कारण खोजीमा समस्या भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु