मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

संकटको निकासका निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं : प्रवक्ता श्रेष्ठ

शनिबार, २४ साउन २०७७, २० : २७
शनिबार, २४ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गर्न आग्रह गरेका छन् । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पार्टीभित्र उत्पन्न विवादले अनिश्चितकालका लागि स्थगित छ ।

शनिबार साझा सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले भने, 'म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं। सबै बैठकमा उपस्थित भएर आ-आफना बिचार राखौं र छलफल गरौं ।'

त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरुको बीचमा र सचिवालयमा गृहकार्य गर्नुपर्ने उनको भनाइ छ । उनले लेखेका छन्, 'बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकालौं।' 

यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहँकार र पुर्बाग्रहबाट माथि उठेर छलफल गर्नुपर्ने श्रेष्ठले बताए । उनले अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई  सम्बोधन गर्ने गरी निष्कर्षमा पुग्नुपर्ने बताए ।

पार्टी भित्रको बहस र अन्तर्सँघषलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं, व्यक्तिको हार र जीतको बिषय होइन । 'पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं,' श्रेष्ठले लेखेका छन् ।

ब्यक्तिगत आरोप ,प्रत्यारोप वा गालिगलौजका रुपमा नभइ बैचारिक,‬ ‪सैद्धान्तिक, राजनीतिक  र प्रवृत्तिगत बिषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ । 

प्रधानमन्त्री केपी शर्मा ओली सबै कुरा सचिवालयमा छलफल गरेर मात्र स्थायी कमिटीमा जानुपर्ने पक्षमा छन् । तर अर्का अध्यक्ष पुष्पककमल दाहाल प्रचण्डसहितका बहुमत पक्षका नेताहरू स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

अध्यक्षद्वयबीचको सहमतिपछि स्थायी समिति बैठक सुचारु गर्ने भनिए पनि उनीहरुबीच मंगलबारबाट संवादहीनताको अवस्था सिर्जना भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप