नेपालगञ्ज उपमहानगरपालिका सिल
बाँके जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गरेको छ ।
समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी स्वाब सङ्कलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।
प्रजिअ कुरुम्वाङ्गको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको गणेशमान चोक, चारबाहिनी क्षेत्र, बाँके गाउँ, रिङ्गरोग, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्र सिल गरी उक्त क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको छ ।
सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, दमकल र शववाहन बाहेक सबै प्रकारका सवारीका साधन र व्यक्तिको हिड्डुलमा समेत रोक लगाइएको उनले जानकारी दिए ।
यसैगरी, केन्द्रको बैठकले यही साउन १८ गतेदेखि बाँके जिल्लाभरि जारी निषेधाज्ञालाई साउन २७ गते राति १२ बजेसम्मका लागि बढाएको छ । सिल गरिएको क्षेत्रबाहेक निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भने अत्यावश्यक वस्तु पसल, व्यवसाय सञ्चालन गर्न पाइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनमोललाई ‘मेघास्टार’को ट्याग जोगाउन सकस भएको हो ?
-
२२ वर्षीया भीमा मृत्यु प्रकरण : शव नबुझ्ने अडानपछि मुख्यमन्त्रीको चासो
-
प्राथमिकतामा यातायात पूर्वाधार : मेट्रोदेखि द्रुतमार्ग र सुरुङ मार्ग ‘सोकस’मा
-
प्रधान सेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा सैनिक महाविद्यालयको उद्घाटन
-
१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन
-
भारतको सहयोगमा दार्चुलामा बन्न लागेको विद्यालय भवनको शिलान्यास