चीनद्वारा १३ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग
वाग्मती प्रदेश सरकारलाई चीनको तिब्बत सरकारले रु १३ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । रसुवा जिल्लाको रसुवागढीमा आज अयोजित कार्यक्रममा वाग्मती प्रदेशका उपसचिव डा अर्जुन सापकोटा, रसुवाका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तिब्बतको तर्फबाट डेपुटी डिभिजन चिफ अफ द इन्टरनेशनल को–अपरेशन एण्ड एक्सचेन्ज अफ एफएओ लि हुवान र सोही विभागका पेमा युजेनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार ती सामग्रीमा भेन्टिलेटर १६, कन्सेन्ट्रेटर १५, सिरिन्ज पम्प १० , इन्फ्युजन पम्प १० , इलेक्ट्रो कार्डियोग्राफ तीन , मोनिटर प्यासेन्ट ६० , कलर डप्लर अलट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १० , एनेस्थेटिक लारिङगोस्कोप १० , अक्सिजन रिजर्बभोयर ब्याग ५०, ब्लड ग्यास एनलाइजर १० , डेफिग्रिलेटर मोबाइल १०, अक्सिमिटर, पल्स २० , आइसीयू बेड ५० , पिपिइ एक हजार , एन–९५ मास्क दुई हजार, डिस्पोजेबल नाइट ट्रायल इक्जाम ग्लोब्स दुई हजार , डिस्पोजेबल गोफेन्ट क्याप दुई हजार , मेडिकल आइसोलेन बुट, सुकभर दुई हजार थान रहेका छन् ।
प्राप्त स्वास्थ्य सामग्रीहरु प्रदेशका अस्पतालमा आवश्यकताअनुसार पठाइने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तिब्बत भ्रमणका क्रममा वाग्मती प्रदेश सरकार र तिब्बत सरकार बीच भगिनी सम्बन्ध स्थापित गर्ने तथा सहयोगको आदानप्रदान गर्ने सम्बन्धमा छलफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव
-
नेपाललाई दोस्रो सफलता
-
चोभारको डढेलो निभाउन गएको दमकल दुर्घटनाग्रस्त, तस्बिरहरू